नेता आए, नेता गए, जनता सधै ठगिए,
भोट माग्न गाउँ छिरे, झुटका सपना सजाए ।
गाउँमा बाटो बनाउँछु, रोजगारी ल्याउँछु भन्दै,
जनताको आँसु बेचेर, कुर्सीमा पुग्न लालायित रहे ।।
“देश बनाउँछु, परिवर्तन ल्याउँछु” भन्ने हिजो गर्जेको वाचा कहाँ गयो ?
न घरमा बत्ती छ, न अस्पतालमा औषधी छ, न खेतमा छर्ने मल छ ।
तर पनी नेता भन्छन “हामीले धेरै गर्यौम”,
यस्तै भाषण जहातहा ठोकन मस्त छन ।।
कुरा धेरै, काम शुन्य, बजेट खाए दलालहरु,
गरिबी हटाउने भन्दै, सम्पन्न भए नेताका परिवारहरु ।
महंगी बढ्दै गयो, शिक्षालाई व्यापार बनाइयो,
अस्पतालमा औषधी छैन, पैसामा उपचार किन्न लगाइयो ।।
रोजगारी बढाउँछु भनेर उद्योगहरु ठप्प पारियो,
देशको सबै सपना, नेताको खातामा बग्दै गयो ।
करले जनता थिच्दै गयो, नेताले बंगला थपदै गयो,
देशको सिमानामा आँसु थियो, भित्रभित्रै बिक्री भयो ।।
सत्ता पाएपछि नेता भए राजा, जनता भए प्रजा,
जनताको दु;ख देख्नै नसक्ने नेता, आज महल भित्रै छन मस्त ।
दिनका दिन कर उठछ, महंगो बढ्छ, तर सुबिधा कतै छेन,
नेताको बंगला बढ्छ, जनताको झुपडी अंध्यारो मै छ ।।
पुलिस/प्रशासन त नेताकै हातको खेलौना भयो,
सत्य बोल्नेलाई जेल, भ्रष्टचारीलाई मेडल दिलायो ।
देश डुब्दैछ, सपना भत्किदैछ, जनता भोकै छन,
तर नेताको खल्तीमा करोडोको बजेट अडक्याछ ।।
विद्यालय छ, किताब छैन, शिक्षकहरु आन्दोलनमा,
सरकारी सेवा सड्दै गयो, जनता परे दण्डनीय कानुनमा ।
सडक खन्ने योजना बन्छ, फोटो खिच्न बत्ती,
तर दुई दिन मै बिलायो, बजेट भयो माटी ।।
भागिदैछन बिदेशतिर युवाहरु, देशमा छैन आशा,
राजनिति बेइमानको हातमा, जनतामा छ निराशा ।
तर जनताको चेत खुले, अब कहिले नझुक्ने,
सत्ता शक्ति जति भएपनि, अब हामी नडराउने ।।
कसैले प्रश्न गरे, जेल हाल्छन, बोल्नै नमिल्ने भयो,
सत्य बोल्नेलाई दमन गर्यो, तिनै नेता हिरो भयो ।
मिडियामा बोल्छन मिठो, देश दुनिया देखाउन,
तर भित्रभित्रै लुट्ने खेल, जनताले मात्रै जान्ने ।।
तर अब जनता बिउँझन्छन, अब दोहोरिने दिने छैन्न,
नयाँ नेपाल बनाउने, भ्रष्टचार संगै मेट्नेछन ।
आजका नौतंकी नेताहरु सकिनेछन, अब जनताको जीत हुनेछ,
भ्रष्टहरु भाग्नेछन, अब इमानदार नेता अगाडी बढ्नेछन ।।
कन्हैया चौरसिया
(कानुन विद्यार्थी)