Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

म र तिमीमा फरक

spot_img
spot_img

म र तिमीमा खासै फरक त छैन फरक यति मात्रै हो कि
म अफ्नो र परिवारको पेट पाल्नको लागि लड्दैछु र तिमी कुर्सीको लागि ।

म जीवन र मृत्युसँग लड्दा एउटा एम्बुलेन्स नपाएर ट्याक्टरमा जान बाध्य छु
तर तिमी हिँड्दा ५/१० वटा गाडी अगाडि पछाडि लिएर हिँड्छौ ।

म आफ्नो जीवन र मृत्युसँग लड्ने बेला अस्पताल पाउँदैन
तर तिमी हाँच्छ्यु आएपनि सिंगापुर र अमेरिका धाउँछौ ।

म खान नपाएर रुदाँ कसैले नदेख्ने
तर तिमी कुर्सीको लागि मञ्चबाट रुँदा सबैले देख्ने ।

मैले धाराको पानी पनि राम्ररी नपाउने
तर तिम्रो लागि विदेशबाट पानी आउने ।

मलाई जीउ ढाक्ने लुगा छैन
तर तिमी जमीन ढाक्ने कार्पेट किन्छौ ।

तिम्रो र मेरो साथीमा पनी फरक छ ।
मेरो साथी एम्बुलेन्स नपाएर मृत्युवरण गर्नु परीरहेको छ 
तर तिम्रा साथी २ घण्टाको बाटोमा पनि हेलिकप्टरमा जान्छन् ।

मलाई डायलासिस गराउन नपाएर ज्यान गुमाउनु परिरको छ
तर तिमी २/२ चोटि मिर्गौला फेर्न सक्छौ ।

मैले आफ्नो मेहनतको पैँसाले छोरा र छोरीको लागि ल्याएको ३ वटा मोबाइल तिम्रो एयरपोर्टले देख्ने
तर ३३ किलो सुन आउँदा नदेख्ने ।

मैले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमीन माग्न भनेको थिएँ
तर तिमी मलाई नक्सा मात्र दियौं ।

म एउटा कार्यालयमा काम गर्नेको अवकास पाउने उमेर हुन्छ
तर तिमी देश हाँक्नेको छैन ।

मेरो परीक्षा गर्ने/नगर्ने विषयमा निर्णय लिन तिमी ३ महिना लगाउँछौ
तर तिम्रो निर्वाचनको निर्णय लिन एकदिन पनि लाग्दैन ।

देशमा भ्याक्सिन र सिलिन्डर किन्न सक्ने पैँसा नभएर म मर्दैछु
तर तिमी ४० अर्ब लाग्ने निवार्चनको खर्च कहाँबाट ल्याउँछौ ?

म जति बेला चाहन्छु तिमीलाई हटाउन सक्दैन
तर तिमी जुनबेला चाहन्छौ संसद विगठन गर्छौ ।

अरूले “तिमी” भन्दा अपमान हुने
तर तिमीले “पर्दैन” भन्दा अपमान नहुने ।

म निछधागाय मा आफ्नो परिवार को भोख मेटाउनको लागी हिन्दा कार्रवाई हुने
तर तिमी आफ्नो पार्टीको आन्तरिक विवाद मिताउन्नको लागि हिन्डा कार्रवाई नहुने ।

मेरो एम्बुलेन्स हिँदा बाटो खाली न हुने
तर तिम्रो सवारी हिंदा बाटोमा एउटा कुकुर पनि न देखेनन् सम्म बाटो खाली हुने ।

मैले एउटा सानो कार्यालयमा काम गर्न पनि पढे को हुनु पर्ने
तर तिमी देश हकानेले नपढे भए पनि हुने ।

मैले टुडिखेल मा खाँदा तिम्रो इजत जान्ने
तर तिमी मेरो देशलाई अरू देश सँग बीख मागने बनायौं त्यसमा मेरो देशको ईज्जत नजाने ।

मैले तिम्रो रेलिमा कालो कपडा लगाएर आउन न हुने
तर तिमी ७० कडोर काे कालो धन लिने मान्छे लिएर हिडा हुने ।

भूकम्पमा र हावाहुरी मा भतकेकाे मेरो घर बनाएनौं पहिला
तर तिमी पहिला धरहरा बन्यौ ।

आखिर तिमी र म एउटै देशको नगिरिक हैनौं ?
तर तिमी किन यस्तो र ? अनी म किन यस्तो ?
भोट दिने बेला त एउटा जनताको छोरालाई आफ्नो प्रतिनिधि मात्र बनाएर पठाएका थियौँ
तर तिमी त्यहाँ जाने बित्तिकै राजा पो भयौ त ।

सायद गल्ती हाम्रै थियो
भोट दिने बेला पार्टी, जात, धर्म, नातेदार, मधेसी, पहाडी अनि लोभ हेरे दिएका थियौँ न त मान्छे हेर्‍यौ न त मान्छेको व्यवहार । त्यसैले त म र तिमीमा फरक छ ।

-राजिव पटेल (वीरगंज)

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...