Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

अटलका “बा”

spot_img
spot_img

         “बा”
गाँउको सिरानीमा रहेको
हुलाक घरको रातो भित्तामा
रातै अक्षरले जुनदिन लेखियो
“नयाँ जनवादी क्रान्ति जिन्दाबाद”
इतिहासले आजादीको माग गर्दा
देशै भरी क्रान्तिको मशाल दन्किदा
नै सुरु भयको थियो रे मेरो गाँउमा
जनयुद्धको बहस, जनमुक्तिको बहस

त्यहि वर्ष हो कमरेड
भित्तामा राता अक्षर लेख्ने मध्यका एक
मुरा “बा” को शरीर रित्तियको
मेरी आमाको सिन्दुर,
हजरआमाको काख रित्तियको
मेरो सपना र भविस्य रित्तीएको ।

म सानो छदा
घरपारीको कान्लाबाट साथीले “बा” भनी बोलाउदा
काला पहाड बाट मिठाई बोकेर
भर्खरै गाँउ झरेका उसका “बा” ले हजुर भनेका थिए ।
मिठाई बोकेर मेरा फर्कीने आशामा
मैले धेरै चोटी बोलाय “बा” भनेर
धेरै पटक हेरे, जंगलको बाटो
अहं मेरा बा कहिल्यै फर्कीएनन् ।

तर आज मेरा “बा”का
सहयोद्धाहरु फर्कियका छन् ।
कुनै वेला रातो झोलामा
कम्युनिष्ट घोषणापत्र बोकेर आउने
मेरा बा का सहयोद्धाहरु
आज रातो नम्बर प्लेटको बहानमा
धुलो उडाँउदै आएका छन ।
सडक छेवैमा उभिएको म
बा का सहयोद्धाले उडाएको धुलो लाई
टप्प टिप्छु
नियालेर हेर्छु नजिकबाट
धुलोमा मिसीएका राता कणहरु
मेरो बा का रगतका थोपाहरु त हैनन् ?

रातो अक्षर, रातो किताब
रातो झण्डा, बोकै कारण
रगत बगाएका मेरा “बा” का
राता सपना खोज्न रातै झोला बोकेर ,
निष्कीएको छु घरबाट म

तर बाटोमा
शरीरभरी गोली र घाउ
बेशाहारा बनेका आमा र वाउ
बिदेशमा जनयोद्धाको प्रातडना
शहिद र बेपत्ता योद्धाका
छोरा छोरीको बिचल्ली
अस्पतालमा घाईतेहरुको रोदन
देख्नु नपरे हुन्थो नी है
बलिदानका अनगीन्ती गाथाहरु
उत्पिडन र यातनाका नटुङ्घीने कथाहरु
संगै
बिर्सु भनेर पनि बिर्सीन नसकिने
केवल सम्झनामा मात्र नाचि रहने मेरा बा
कहिल्यै बोल्दैनन
तस्बिरमा मात्र मुस्कुराई रहन्छन ।
र पनि वलिदानको मुल्य
उनको नाम संग शहिद, राज्यले नलेखे सम्म
म बोलाई रहने छु , नबोल्ने मेरा “बा” लाई
“बा”……. ए “बा” !!

लेखक : अटल आचार्य अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...