ओमप्रकाश चाैधरी/
सेढवा १५ पुष । पर्साको जिराभवानी गाँउपालिकामा साेमबार सेवा प्रवाह र सुशासन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सेढवा १५ पुष । पर्साको जिराभवानी गाँउपालिकामा साेमबार सेवा प्रवाह र सुशासन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
जिराभवानी गाँउपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय पर्साको सहकार्यमा भएको कार्यक्रममा आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न आई परेका कठिनाई तथा जनप्रतिनिधिहरु र बिभिन्न निकायका कर्मचारीहरु बिच सहकार्य गर्न बिषयमा जोड दिइएकाे थियाे ।
कार्यक्रममा बिभिन्न सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह र सो सेवालाई सरल सहज र प्रभावकारी बनाउन के कस्तो उपायहरु अपनाउनु पर्ने हो लगायतका कुरामा छलफल गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रवाह हुने सेवा (नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, प्रहरी सर्जमिन मुचुल्का) लगायतका सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धमा प्रमुख जिल्ला अधिकरी गणेश अर्यालले प्रशिक्षण दिएका थिए ।
यसका साथै वडा कार्यालय तथा पालिकाका न्यायिक समितिले नागरिकता प्रमाण पत्र राहदानी सम्बन्धि सिफारिस तथा अन्य सेवालाई थप्प स्तरीय बनाउने सम्बन्धमा पनि अधिकारी अर्यालले प्रशिक्षण दिएका थिए ।
जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीको सभापतित्व तथा जिल्ला समन्वय समिति पर्साका सभापति निर्जन सराफको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, रेखा पटेल, कृष्ण प्रसाद खतिवडा, इलाका प्रशासन कार्यालय सुपाैलीका प्रमुख विनय गुप्ता लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शस्त्र प्रहरी बल, भुमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, नारायणी अस्पताल, कृषि ज्ञान केन्द्रको प्रमुखहरु सहित जिराभवानी र पटेर्वासुगौली गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस