23.2 C
Birgunj
16 October 2024
KALIKATIMES.COM

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

वीरगंज । वीरगंजमा अगामी कात्तिक २ देखि ४ गतेसम्म नेपालको महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फोटो प्रदर्शनी वीरगंजमा हुन लागेको हो ।

बुधबार वीरगंजमा पत्रकार सम्मेलन आयोजना गरेर देशव्यापी फोटो प्रदर्शनी पहिलो चरणमा वीरगंजकाे वीर्तास्थित त्रीजुद्ध मावि परिसरमा ३ दिनसम्म चल्ने आयोजक नेपाल पिक्चर लाइब्रेरीका प्रमुख संकलनकर्ता शिखर भटट्राईले जानकारी दिए । उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रममा विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिने र फोटो प्रदर्शनीमा प्रवेश निशुल्क रहने छ ।

यस प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको भन्दै आयोजकले यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्ने रहेको भटट्राईले बताए ।

साथै ग्रामीण र शहरी क्षेत्रका महिला इतिहासको अभिलेखलाई पहुँच योग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने पनि यसको उदेश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका प्रमुख अनुसन्धानकर्ता दिवश राजा केसीले बताए । पहिलो चरण मै वीरगंज पछि जनकपुरमा कातिक ८ देखि १० गतेसम्म प्रदर्शनी गरिने उनले बताए ।

उनका अनुसार दोस्रो चरणमा बर्दिया र नेपालगन्जमा,तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा, चौथो चरणमा दाङ र रोल्पा, पाँचौं चरणमा इलाम र झापा, छैटौं चरणमा विराटनगर, धरान र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा फोटो प्रदर्शनी आयोजना गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

कालिका टाईम्स

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

कालिका टाईम्स

वीरगंज स्थित दशगज्जा क्षेत्रमा एसएसबीले गाेली चलायाे

कालिका टाईम्स
SQL requests:219. Generation time:9.679 sec. Memory consumption:81.73 mb