31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

दशैंमा पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीले तलब पाएनन

पकहाँ मैनपुरले बुधबार कर्मचारीकाे तलब पठाउने प्रमुख प्रशासकिय अधिकृत साहकाे भनाई

वीरगंज । नेपालीहरुकाे महान चाँड बडा दशैंमा पर्साका दुई पालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुले तलब नपाउँदा समस्यामा परेका छन् । असाेज २२ गते मंगलबार सम्म बहुदरमाई नगरपालिका र पकहाँ मैनपुर गाउँपालिकाका ५६३ जना शिक्षक र कर्मचारीले तलब नपाएर समस्यामा परेका हुन् ।

दुबै पालिकाका अन्तर्गतका पालिकाका कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र शिक्षकहरुले नयाँ आर्थिक बर्षकाे साउन महिनादेखि असाेज सम्मकाे तलब पाउन सकेका छैनन् । बहुदरमाई नगरपालिकाकाे नगर सभा नहुँदा नगरपालिका अन्तर्गतका १८ विद्यालयका २१८ जना शिक्षक र नगरपालिका सहितका विभिन्न कार्यालयका १५८ जना सरकारी कर्चारीहरु तलब पाउन नसकेका हुन ।

साउनदेखि अहिले सम्मकाे तलब र दशैं पेश्की समेत नपाउँदा दशैं मनाउन समस्या भएकाे श्री महाबिर साह मावि बहुदरमाई नपा ३ नगरदाहाँका शिक्षक सुदर्शन प्रसादले वताउनु भयाे । उहाँले नगर सभा नहुँदा नगरपालिकाले शिक्षकहरु तलब नपठाएका कारण आफुहरु तलब नपाएर समस्यामा परेकाे वताउनु भयाे ।

उहाँले भन्नु भयाे “असाेज १६ गते आफुहरु तलबकाे मांग गर्दै नगर प्रमुख सिंगासहन साह तेली र प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तुफा ज्युलाई ज्ञापन पत्र बुझाउँदा समेत नगर सभा नभएका कारण असाेज २२ गते सम्म आफुहरु तलब पाउन सकेका छैन । चाँडबाडकाे समयमा पनि ३ महिनाकाे तलब र दशैं पेश्की समेत नपाएर छाेरा/छाेरीकाे स्कुल फि तिर्न पाएका छैनाैं भने घर खर्च चलाउन पनि समस्या भएकाे छ ।”

जनप्रतिनिधि र कर्मचारीहरु बिचकाे विवादकाे कारण नगर सभा नहुँदा समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेकाे छैन् । नगर सभा नहुँदा वाकी रहेकाे गत आर्थिक बर्षकाे दुईटा वडाकाे र नयाँ आर्थिक बर्षकाे साउन देखि अहिले सम्मकाे सबै वडाकाे समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेकाे हाे ।

दशैं पछि चाँडै नै नगर सभा गरेर तलब पठाइने नगर प्रमुख सिंगासन साह तेलीले वताउनु भयाे । नगरपालिकाकाे आपसी विवादका कारण नगर सभा हुन नसकेकाे वताउँदै प्रमुख तेली समस्या समाधानकाे प्रयास आफुले जारी राखेकाे वताउनु भयाे । उहाँले दशैं लगतै नगर सभा गरेर सबै शिक्षक र कर्मचारीकाे तलब पठाउन आश्वासन समेत दिनुभयाे ।

यसैगरी पकहाँ मैनपुर गाउँपालिका अन्तर्गतका १६ विद्यालयका ११५ जना शिक्षक र नगरपालिका सहित विभिन्न सरकारी कार्यालयका ७२ कर्मचारीहरु तलब पाउन सकेका छैनन् । 

पकहाँ मैनपुरकाे गाउँ सभा हुँदा पनि असाेज २२ गते सम्म आफुहरु तलब पाउन नसकेकाे शिक्षक महासंघ पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश पटेलले वताउनु भयाे । उहाँले पनि नयाँ आर्थिक बर्षकाे साउनदेखि असाेज सम्मकाे तलब र दशैं पेश्की समेत आफुहरु नपाउँदा समस्या परेकाे वताउनु भयाे । 

गाउँ सभा ढिलाे भएका कारण शिक्षक र कर्मचारीहरुकाे तलब पठाउन पनि ढिलाे भएकाे पकहाँ मैनपुरका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे । गाउँ सभा सम्पन्न पश्चात गाउँपालिकाकाे खाता संचालन गर्न पक्रियामा आफुहरु रहेकाे वताउँदै उहाँले भाेली असाेज २३ गते सम्म तलब पठाउन आश्वासन समेत दिनु भयाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.962 sec. Memory consumption:82.4 mb