31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

दुई महिला सहित ४७ जनाद्वारा रक्तदान

वीरगंज । पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ वीरगंजकाे आयोजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको ९ औँ स्थापना दिवसको अवसरमा भएकाे कार्यक्रममा ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रले जनाएकाे छ ।

वीरगंज घण्टाघरमा भएकाे कार्यक्रममा दुुइ महिलासहित ४७ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए । रक्तदान गर्नेहरुमा ओम प्रकाश साह, अभिषेक कुमार, मुनिलाल पण्डित, राम आशिष प्रसाद, नरेश महतो लगायतका रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बिरेन्द्र राज कडेँलकाे प्रमुख आतिथ्यततामा भएकाे कार्यक्रममा पशुपंक्षी औषधी बजार प्रतिनिधि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारी, श्याम कुशवाहा, दिनेश तिवारी, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता लगायतको उपस्थिती रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.522 sec. Memory consumption:82.42 mb