31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

भनिन्– उनीहरूको सम्बन्ध धेरै अगाडि बढिसकेको थियो, मैले टाढा जानु राम्रो सोचेँ

मुम्बई । सोमी अलीले सलमान खान र ऐश्वर्या रायको प्रेमकथा फिल्म हम दिल दे चुके सनमको सेटबाट सुरु भएको बताएकी छन् । यसअघि सलमान सोमीसँग सम्बन्धमा थिए । तर, जब सोमीलाई ऐश्वर्यासँगको सम्बन्धको खबर आयो तब उनले सलमानसँग ब्रेकअप गर्नु नै उचित ठानिन् ।

जुम टिभीलाई दिएको अन्तर्वार्तामा सोमीले भनिन्, ‘फिल्म हम दिल दे चुके सनमको सुटिङ चलिरहेको थियो । एक दिन मैले सलमानलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन् । त्यसपछि मैले फिल्मका निर्देशक सञ्जय लीला भन्सालीलाई फोन गरेँ र उनले भने– ‘सलमान सुटिङमा व्यस्त भएकाले तपाईसँग अहिले कुरा गर्न सक्दैन ।’

यो सुनेर मलाई निकै अनौठो लाग्यो । मैले उनलाई भनेँ, ‘यदि उनले सट दिइरहेका छन् भने निर्देशन किन नगर्नुभएको ? मेरो फोन किन उठाइ रहनुभएको छ ?’

  • सोमी सलमानसँग ग्यालेक्सी अपार्टमेन्टमा बस्थे

सोमीले थप भनिन्, ‘पछि ऐश्वर्या सलमानको जिममा आउन थालिन्, जहाँ सलमान र म सँगै बस्थ्यौँ । म सलमानसँग ग्यालेक्सी अपार्टमेन्टको भुईं तल्लामा बस्थेँ, जहाँ हाम्रो जिम पनि थियो।

उनले भनिन्, ‘मैले सलमानसँग काम गर्नेहरूबाट उनीहरूको प्रेमबारे जानकारी पाइरहेकी थिएँ । मलाई मेरो हृदयमा थाहा थियो कि उनीहरूको सम्बन्ध अझै गहिरो बन्ने छ । मलाई यो पनि थाहा थियो कि अब यो मेरो लागि छोड्ने समय हो।’

सोमीको बयान अघि नै मिडिया रिपोर्टमा सलमान र ऐश्वर्या फिल्म हम दिल दे चुके सनमको सेटमा नजिक भएको उल्लेख गरिएको थियो । फिल्ममा उनीहरूको अनस्क्रिन केमेस्ट्रीलाई निकै तारिफ गरिएको थियो । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन र सन् २००१ मा दुवैले अलग हुने निर्णय गरे ।

सलमानसँग अलग भएपछि ऐश्वर्याले २० अप्रिल २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:3.561 sec. Memory consumption:82.56 mb