25.1 C
Birgunj
30 March 2025
KALIKATIMES.COM

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

वीरगंज । वीरगंजमा शुक्रबार एक कार्यक्रमको बिच “मुरिद तेरा” हिन्दी गीत सार्वजनिक भएको छ । वीरगंज कै कलाकारहरुले बनाएको “मुरिद तेरा” हिन्दी गीतलाई कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाकाे वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले सार्वजनिक गरेका हुन ।

वीरगंज विर्तामा रहेको स्मोकी हाउसमा वडा अध्यक्ष परागले स्क्रीनमा प्ले गरेर गीतलाई सार्वजनिक गरेका थिए । गीतलाई सार्वजनिक गर्दै वडाध्यक्ष परागले पछिल्लो समयमा लोप हुँदै गएको संगीत र संगीतकारहरु बिच आशा र कलाकारहरुमा संगीतमा लग्नशीतला देखाएको छ । उनले यो गीतमा हिन्दी र नेपालीको समिश्रणले अत्याधिक राम्रो देखिएको टिप्पणी गरे ।

यस क्षेत्रका कलाकारहरुको सम्मान र आधारभुत आवश्यकता पुरा हुन नसकेकाले दुख व्यक्त गरे । उनले कलाकारहरुको सम्मान र आधारभुत आवश्यकताहरुलाई पहल गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे । कार्यक्रममा सहभागीहरु स्थानीय कलाकारहरुले हिन्दीमा बनाएको गीत अत्याधिक राम्रो र प्रशंसा गर्न योग्य रहेको सुनाएका थिए ।

गीतमा वीरगंजका लोकप्रिय युवा गायक सदाम हुसेनले संगीत भरेका छन । भने वीरगंज कै युनिक आजम र निलम भट्टले अभिनय गरेका छन ।

गीत सार्वजनिक कार्यक्रममा समाजसेवी डा. सुष्मा तिवारी, प्रकाश थारु, शिक्षक सुलभ केसी, शिक्षक मार्टिन मोक्तान, युवा नेता ओमप्रकाश सरार्फ, युवा अभियन्ता देवेश गुप्ता, पत्रकार तिवारी यादव, कलाकार अशोक प्रधान, भोजपुरी गायक सुनिल पंडित लगायतकाको सहभागीता रहेको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:213. Generation time:4.769 sec. Memory consumption:82.54 mb