31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

सिकटामा जाली नोट सहित दुई जना पक्राउ

सिकटा ।  सीमावर्ती बजार सिकटास्थित भारतीय सुरक्षा बल (एसएसबी)ले भारतीय जाली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधवार साँझ नेपालको भिस्वाबाट मोटरसाइकलमा सिकटातर्फ गइरहेका दुईजनालाई चेकजाँच गर्दा उनीहरूबाट भारु ५०० का २० थान जाली नोट बरामद भएको एसएसबीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू नरकटियागंज शिकारपुर थाना क्षेत्र अन्तर्गत सोफवा गाउँ निवासी दीपक तिवारी र सर्फुद्दीन आलम भएको एसएसबीका सहायक सेनानायक गुलाबकुमार चौधरीले जानकारी दिए। उनले बरामद जाली नोट र पक्राउ परेका दुवै व्यक्तिलाई सिकटा प्रहरीको जिम्मा लगाएर कानुनी प्रक्रिया अघि बढाइएको बताए।

सिकटा थानाध्यक्ष राज रोशनका अनुसार प्रारम्भिक अनुसन्धानले उनीहरू जाली नोट कारोबारमा संलग्न भएको र सीमावर्ती क्षेत्रमा यस किसिमको अवैध सञ्जाल विस्तारमा सक्रिय रहेको पुष्टि भएको छ। थानाध्यक्षले पक्राउ परेका तिवारी र आलमविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:3.622 sec. Memory consumption:82.46 mb