5 April 2025
KALIKATIMES.COM

जनप्रतिनिधिको समन्वय बिना ‘डिजे स्पिकर’, बजाउन रोक लाग्न सक्दैन: अध्यक्ष यादव

वीरगंज । स्थानीय प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनीतिक तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाएको निर्णयमा पर्साको संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले आपती जनाएका छन ।

उनले स्थानीय प्रशासन जिल्लाका जनप्रतिनिधि सहमति बेगर, पुर्व जानकारी बेगर नै स्थानीय प्रशासनले चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाउन गरेको निर्णयमा यस जिल्लामा कार्यन्वयन नहुने भन्दै आपती जनाएका हुन ।

उनले मधेश प्रदेशको विभिन्न जिल्लामा विगत लामो समयदेखि रातिको समयमा ढिलो बिबाहको जन्ती आउने, पार्टीको कार्यक्रममा चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बज्ने जस्ता कार्यलाई नियन्त्रण गर्न राजनितिकदल र जनप्रतिनिधिको भुमिका आवश्यक रहेकाले स्थानीय प्रशासन समन्वय नै नगरेको सुनाए ।

प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रणमा आफुहरु पनि गम्भीर रहेकाले यसमा स्थानीय प्रशासनलाई समन्वय गर्न सुझाव दिए ।

गत भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सुरक्षा समितिको सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक ¥याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसबाजीहरू गर्ने जस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पर्सामा चर्को आवाज र आतिसबाजी गर्नेजस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए । उनले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरू गरेमा कानुन बमोजिम कारबाही हुने प्रस्ट पारेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

कालिका टाईम्स

सात मधेशी दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

कालिका टाईम्स
SQL requests:214. Generation time:6.269 sec. Memory consumption:82.46 mb