31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

अलाेचनापछि मधेश सरकारका सबै राज्यमन्त्री बर्खास्त

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्तीमा पर्ने राज्यमन्त्रीमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । मुख्यमन्त्री सिंहले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो । त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्री थिए ।

२० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन् । अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।

मन्त्रिपरिषदलाई अनावश्यक रुपमा ठूलो बनाएर राज्यस्रोतको दोहन मात्र गरेको भन्दै आलोचना भएको थियो । मधेश प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो ।

बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई मंगलबार बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो । सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महर लगायतले पनि केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.838 sec. Memory consumption:82.45 mb