39 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

सवारी दुर्घटनामा घाइते महासचिव बन्जारा खतरा मुक्त

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासचिव बन्जारा चढेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।

सिमराबाट बीरगंज तर्फ आउँदै गरेको गाडीलाई सोही दिशाबाट आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।दुर्घटनामा परेर महासचिव  श्याम बञ्जारा र उनकी पत्नि शुभद्रा बन्जारा घाइते भएका छन् ।

बाराको जितपुर बजारमा भएको दुर्घटनामा गाडीमा सवार दुवै जना घाइते भएका हुन् । दुवै जनाकाे वीरगंजकाे बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको छ । दुवै जनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था भने खतरामुक्त रहेको हस्पिटलका सञ्चालक डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।

सिमरा विमानस्थलबाट पत्नि सुभद्रालाई लिएर महासचिव बन्जारा गृहनगर वीरगंज आउने क्रममा दुर्घटनामा परेका थिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

कालिका टाईम्स
SQL requests:218. Generation time:13.234 sec. Memory consumption:82.72 mb