19.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

आइसिपि हुँदै भारत पुर्याइएको ३ क्वीन्टल भन्दा बढी गाँजासहित एक नेपाली पक्राउ

वीरगंज । भारतिय एसएसबीका जवानले ३७५ किलो गाँजासहित एक जना नेपालीलाई पक्राउ गरेका छन् । वीरगंजकाे एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुर्याइएको ठूलो परिमाणमा लागु औषध गाँजासहित मकवानपुरका अम्बर बहादुर पक्राउ परेका हुन् ।

आइसिपीसंग जोडिएको रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

वीरगंजकाे आइसिपी नाका हुँदै भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए ।

प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि एक हप्ता पहिलेपनि अर्थात गत माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.791 sec. Memory consumption:82.46 mb