31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

पूर्णिमाको अवसरमा मुसहर्वामा अन्तरराज्यीय कुस्ती

वीरगंज । कार्तिक पूर्णिमाको अवसरमा भेलाही पञ्चायतको मुसहर्वामा रहेको गड नदीको उत्वाहनी किनारमा विशाल अन्तरराज्यीय कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।‍ जसमा यूपी, बिहार, दिल्ली, हरियाणा, पञ्जाब र नेपालका धेरै प्रसिद्ध पहलवानहरुले भाग लिएका थिए ।

दंगलको उद्घाटन प्रमुख अतिथि एमएलसी खालिद अनवर, जेडियु जिल्ला महासचिव तथा दंगल आयोजक कपिलदेव प्रसाद, एनयुजेआई उप-विभागीय संयोजक विपिन कुशवाहा, जेडियु प्रदेश महासचिव दीपक पटेल,  वीरेन्द्र राई पटेलले गरेका थिए ।

साे अवसरमा समितिका सदस्य कुणाल पटेल, रामगढवा, प्रमुख पति श्रीकान्त दुबे, मेला समितिका अध्यक्ष सुमन पटेल, जिल्ला अध्यक्ष (शिक्षा कक्ष) रवीन्द्र पटेल, राजद नेता र भावी लोक सभा प्रत्यासी राजन जायसवाल, गोल्डेन सिटी निदेशक म. सद्दाम हुसैन, एनजीएम स्कूलकाे निर्देशक महमद अखलाख अहमद, सरपंच पति रामविनय सिंह, राजद प्रखंड अध्यक्ष सैफुल आजम, राजद नेता सुनील कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कुस्ती प्रतियाेगितामा साहदुल राजा पहलवान, सञ्जय पहलवान, बलिराम यादव पहलवान, चन्द्रिका पहलवान, राहुल पहलवान, ब्रजेश पहलवान, पुनीलाल पहलवान, अंकित पहलवान, मनिष पहलवान, रंगलाल पहलवान लगायत करिब चार दर्जन पहलवानले भाग लिएकाे थिए ।

दंगलमा रेफ्रीको भूमिका हिरा पहलवान र नगिना पहलवानले निभाएका थिए भने कार्यक्रमको अध्यक्षता मुखिया सुमन पटेल र संयोजन विनय पटेल र अनिल पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:215. Generation time:5.281 sec. Memory consumption:82.46 mb