30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विद्यालयद्वारा विद्यार्थीहरुलाई कपडा वितरण

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा न.३ ठुलो इटियाहीस्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विधालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ ।

नेपाल स्काउट निम्न माध्यमिक विधालयको आयोजनामा बिधालयमा अध्ययनरत ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हाे ।

बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकासदेखि कक्षा ८ सम्मका ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष ज्योती चौरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, बिधालय ब्यवस्थापन समिती सदस्य उमा देवी, सबिता देवी, मिना देवी, बिधालयका प्र.अ प्रमोद प्रसाद चौरसिया, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन बिधालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:219. Generation time:6.083 sec. Memory consumption:81.77 mb