2 April 2025
KALIKATIMES.COM

स्वर्णकार हत्याकाे विराेधमा प्याब्सनद्वारा विद्यालय बन्द आव्हान

वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले बाल एकता इङ्लिस बोर्डिङ स्कूल कलैयाका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को दिनदहाडै गोली हानी हत्या गरिएकाे विराेधमा मंगलबार विद्यालय बन्दकाे आव्हान गरेकाे छ ।

प्रधानाध्यापक सर्राफकाे हत्याको शोक र विरोधमा कार्तिक १४ गते मंगलबार प्याब्सन अर्न्तगतका सम्पूर्ण विद्यालयहरू बन्द रहने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी दिए ।

प्याब्सन पर्सा र वीरगंजले साेमबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बाराको सदरमुकाम कलैया उपमहानगरपालिकास्थित प्रधानाध्यापक रूपेश सर्राफकाे दिनदहाडै गोली हानी गरिएको हत्याको घटनाप्रति घोर भत्सर्ना समेत गरेकाे छ ।

जिल्लाको सदरमुकाममै दिनदहाडै विद्यालयका प्रधानाध्यापक सर्राफलाई गोली हानी हत्या हामीलाई गम्भीर बनाएको छ । यस घटनाले शिक्षक विद्यार्थी लगायत कोही पनि सुरक्षित नरहेको तितो यथार्थलाई उजागार गरेको हाम्रो ठहर छ । जारि विज्ञपतीमा उल्लेख गरिएकाे छ ।

साथै प्याब्सनले सर्राफको हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग  जोडदार माग समेत गरेकाे छ । दोषीलाई पक्राउ गरी पिडितलाई न्याय दिलाउन कुनै ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा पनि जारि विज्ञप्ति उल्लेख गरिएकाे छ ।

यसैगरी एन प्याब्सन बाराले पनि मंगलबार बाराका सबै बिधालय बन्द गर्न आव्हान गरेकाे छ । प्रधानाध्यापक सर्राफकाे हत्या विराेधमा दाेषी उपर कारवाहीकाे माग गर्दै विद्यालय बन्दकाे आव्हान गरिएकाे एन प्याब्सन बाराले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.965 sec. Memory consumption:82.47 mb