23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय

वीर‍गंज । जिल्ला समन्वय समिति पर्सामा बुधबार जिल्ला विपद् व्यवस्थापन समिति पर्साकाे बैठक सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीकाे अध्यक्षतामा बसेकाे बैठकले पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बैठकमा पर्सा जिल्लामा खानेपानीको मुख्यस्रोतको रुपमा प्रयोग हुँदै आएका चापाकलहरु लामो समयदेखि पानी नपरेकोले सुक्न गई खानेपानीको अत्यन्तै अभाव हुन गएको र आकाशे खेतीमा आधारित पर्साको कृषि कार्य बर्षा नहुँदा तथा परम्परागत रुपमा सिंचाईको स्रोतको रुपमा प्रयोग हुँदै आएका नदी, कुलो, पोखरी, बोरिङ लगायतका मुहानहरु समेत सुक्न गई सिंचाई सुविधाको अभाव भएकाेले सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न सिफारिस गर्न सर्वसमहत निर्णय गरेकाे हाे ।

पर्सा जिल्लामा खानेपानीकाे अभाव भएकाे र लामाे समयदेखि प्रयाप्त मात्रमा बर्षा नहुँदा हालसम्म अधिकांश क्षेत्रमा रोपाई समेत नभएको र कतिपय स्थानमा रोपाई भएका खेतहरु समेत सुक्न गई उत्पादन नहुने अवस्था सृजना भएकोले जिल्लाका स्थानीय विपद् व्यवस्थापन समितिहरु र जिल्ला समन्वय समिति, पर्सामा भएको सर्वपक्षीय बैठकको मांग सिफारिसको आधारमा पर्सा जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने सर्वसहमत निर्णय भएकाे जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साेनारले वताए ।

साथै पानीको वर्तमान समस्यालाई तत्काल र दीर्घकालीन रुपमा समाधान गर्न नेपाल सरकार, प्रदेश सरकार र विकास निकायहरुलाई राहत तथा सहयोगको लागि अनुरोध गर्ने बैठकले सर्वसहमतीबाट निर्णय गरियो उनका स्वकिय सचिव हरिन्द्र साले जानकारी दिए ।

बैठकका प्रतिनिधि सभा सदस्य अजय कुमार चाैरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रमाेद जयसवाल, विना कुमारी शर्मा, जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन प्रसाद कुर्मी, पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, धाेबिनी गाउँपालिकाका अध्यक्ष मदन चाैहान, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमाेद तिवारी, ठारी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:2.755 sec. Memory consumption:81.47 mb