31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वाइफाई नेपाल अब वीरगंजमा : सस्तो र भरपर्दो रहेकाे दाबी

वीरगंज । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सङ्घीय राजधानी काठमाडौँ बाहिरपनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका उपलब्ध गराउने उद्देश्यका साथ सुरुवात भएको कम्पनीले बिहीबारदेखि वीरगंजमा पनि आफ्नो सेवा सुरु गरेको हो ।

वीरगंजकाे पुजन होटलमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सेवा सुविधाको बारे जानकारी दिएको छ । नेपलामा सबैलाई इन्टरनेटको आवश्यता परी रहेको परिपेक्षमा खासगरी गरिब बिपन्न,विधार्थी एवं मजदुर बर्गलाई लक्षित गरी कम्पनीले वीरगंजमा पनि सेवा विस्तार गरेको जनाएको छ ।

यसअघि कम्पनीले काठमाडौँ सहित देशका अन्य १२ प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब वीरगंजका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज मुल्य अभिबृद्धि कर बाहेक क्रमश ५ हजार ५ सय र ७ हजार ५ सयमा खरिद गर्न सक्नेछन् ।

बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ । कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर कार्यालयकाे उद्घाटन गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपालकै सस्तो इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालले आफ्नो शाखा विस्तार गरेको भन्दै सेवाग्राहीहरुलाई निधर्कका साथ लाभ उठाउन कम्पनीका वीरगंज शाखा प्रमुख सुबोध ठाकुरले बताए ।

नयाँ ग्राहकले दिलदार अफर अन्तर्गत एक बर्षकाे लागि ५० एमबीपीएसको प्याकेज खरिद गर्दा इन्टरनेट शुल्क रु ४ हजार र राउटर शुल्क एक हजार ५ सय गरी ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यसैगरी दिलदार अफर अन्तर्गत नै एक बर्ष कै लागि ८० एमबीपीएसको प्याकेज खरिद गर्दा इन्टरनेट शुल्क ६ हजार र राउटर शुल्क एक हजार ५ सय गरी जम्मा ७ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त कम्पनीले ग्राहकसँग अन्य कुनै पनि शुल्क नलिने पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले बताए ।

पहिलो चरणमा वीरगंजकाे सहरी क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले क्रमश: परवानीपुर, पोखरिया, ड्राइपोर्ट र जिल्लाका अन्य ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना बनाइरहेको पञ्जियारलेले जानकारी दिए ।

कम्पनीले सस्तो इन्टरनेट उपलब्ध गराउँने भएपनि सेवामा कुनै सम्झौता नगर्ने पत्रकार सम्मेलनमा पञ्जियारले बताए । सेवाग्राहीलाई कुनै किसिमको समस्या परे त्यसको छिटो छरितो समाधन गर्ने समेत पत्रकार सम्मलेन कम्पनीका सुजित पाैडेलले बताए ।

घरायसी ग्राहकहरूको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हने थुप्रै फाइदाहरु लाई ध्यानमा राख्दै वाई-फाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरु बजारमा ल्याएको उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.366 sec. Memory consumption:82.47 mb