31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

वीरगंज । वीरगंज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन् । वीरगंज महानगरपालिकाको पहलमा बिहीबार तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एक रुपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनै वटा सरकारले यहाँका उद्योगि व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एक रुपता ल्याउन खोजिएको बताए । बैठकले आयका शीर्षक र करको दरमा एक रुपता ल्याउन वीरगंज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन समेत गरेको छ ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमूख कृष्ण प्रसाद यादब सदस्य रहेका छन् ।

कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन मुनासिब देखिन्छ भन्ने बारे अध्ययन गरेर तीन दिन भित्र प्रतिबेदन बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलले अध्ययन गरेर प्रतिबेदन दिएपछि पुन: बैठक बसेर त्यस बारेमा निर्णय लिइने महानगर प्रमुख सिंहले बताए ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारी,  परवानिपुर गाउँपालिकाका प्रमुख राछत्री प्रसाद कुर्मी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायत तिनै वटा स्थानीय तहका राजश्व शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.733 sec. Memory consumption:82.46 mb