2 April 2025
KALIKATIMES.COM

विद्यालय अनुगमन : सोमबार पनि १३ शिक्षकसँग स्पष्टिकरण माग

वीरगंज । नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरग‌ंज महानगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ । विद्यालयमा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले कडाई गर्न महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।

आइतबार अनुगमनका क्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ जना शिक्षकलाई कारबाही गरेको महानगरले सोमबार छुट्टाछुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको छ । सोमबार बिहान गएको अनुगमन टोलीले वीरगंजकाे माइस्थान विद्यापिठ मा.वि.मा ८ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।

यस्तै अनुगमन टोलीले वडा नम्वर १७ अलौंमा रहेको श्री द्वारदेवी मा.वि.मा पनि ५ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।
विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए ।

द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली नै नियन्त्रणमा लिएको छ ।

महानगरले विद्यार्थीसँग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसँग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।
टोलीले आजै पावरहाउस क्षेत्रमा रहेको सिद्धार्थ मा.वि.को समेत अनुगमन गरेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.993 sec. Memory consumption:82.47 mb