1 April 2025
KALIKATIMES.COM

चुल्होबाटै मनग्य आम्दानी

वीरगंज । बार्षिक ५ करोड भन्दा बढीको चुल्हो कारोवार गरेको सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । तर, पर्साको परवानीपुरमा काठ, गोवरको चिपरी वा फुसको प्लेटबाट धुवारहित खाना बनाउन चुल्होका निर्माण गर्ने एक कम्पनिको बार्षिक कारोवार यही नै हो । पर्यावरण इन्जिनियर मनोज गुप्ताको धुवारहित चुल्हो निर्माण कम्पनीले स्थानीयलाई समेत रोजगारी दिएको छ ।

वीरगन्जका इन्जिनियर मनोज गुप्ताले धुवारहित चुल्होे निर्माण गरेर बार्षिक ४० देखि ५० लाखसम्मको आम्दानी गर्दै आएका छन । कम्पनीले निर्माण गर्दै आएको सुधारिएको चुल्होबाट भान्सा धुवा रहित हुनुका साथै कम दाउरामै खाना पकाउन सकिन्छ । पर्साको परवानीपुरमा रहेको हस्क पावर नेपाल नामकोे कम्पनी २० लाख लागतबाट सुरु भई अहिले १३ करोडको बनेको छ ।

कम्पनिले निर्माण गरेको चुल्होको मुल्य ५ हजार पर्छ । मुलुकको विभिन्न ठाँउमा गरेर ३ सय ६० हजार घरमा चुल्हो पुगेकोे छ । प्रदेश सरकारसंग सम्झौता गरि विभिन्न जिल्लाहरुमा ५० हजार चुल्हो सप्लाइ गरेको यस कम्पनीले १४ जना महिला तथा पुरुषलाई रोजगारी समेत दिएको छ । यस्तो चुल्होको अविष्कार र निर्माणबारे कतिपय विदेशी मुलुकबाट पार्यवरणमा अनुसन्धान गर्न बिद्यार्थीहरु समेत आउने गरेको बताइन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स

असफल भईसकेको ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

कालिका टाईम्स

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स
SQL requests:214. Generation time:4.079 sec. Memory consumption:82.46 mb