वीरगंज । प्रथम स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंहले पाएका छन । नेपाल पत्रकार महासंघ पर्साले एक कार्यक्रमका बिच २० हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई वितरण गरेको हो ।
पत्रकार महासंघ पर्साकाे सभाहलमा आयाेजित कार्यक्रममा सिंहलाई पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्मान पत्र र पुरस्कार राशी बाराबरकाे चेकले पुरस्कृत गरेका थिए ।
गत शनिबार बसेको पत्रकार महासंघ पर्सा शाखाको बैठकले महासंघकाे स्थापना दिवसकाे अवसरमा पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरेकाे थियो । प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल, एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपत तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य महेश दास, प्रेस युनीयन पर्साका अध्यक्ष रामनारायण कुर्मी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले गरेका थिए भने स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्राले गरेका थिए ।
स्वर्गीय पत्रकार सर्राफ नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य थिए । उनको यसै बर्षकाे मंसिर १५ गते हृदयघात भएर अल्पायु मै निधन भएको थियो ।
अक्षयकोषमा अध्यक्ष अहमदको ५० हजार सहयोग
पुरस्कार वितरण कार्यक्रम मै स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना भएको अक्षयकोषमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले रु ५० हजार सहयोग गरेका थिए ।
जनता समाजवादी पार्टी पर्साका सचिव समेत रहेका अहमदले सहयाेग रकम बराबरकाे चेक पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी र काेषाध्यक्ष संजिव मिश्रलाई हस्तान्तरण गरेका थिए ।
अहमदले मंसिर २५ गते समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जलि सभामा अक्षय काेषमा एक महिनाकाे तलब सहयाेग गर्ने घाेषणा गरेका थिए ।
महासंघकाे स्थापना दिवसकाे अवसरमा प्रभातफेरी
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा बिहिबार विहान वीरगंजमा प्रभातफेरी समेत निकालिएकाे थियाे ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे आयाेजनामा वीरगंजकाे घण्टाघरबाट निस्केकाे प्रभातफेरी माइस्थान पुगी पुन: घण्टाघरमा हुँदै मुर्लीस्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा पुगी सम्पन्न भएकाे थियाे ।