31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

भाटभटेनीमा शभारम्भकाे अवसरमा प्रदान गरिएको छुट यथावत

वीरगंज । मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीको स्टोर मधेश प्रदेशको वीरगंजमा संचालनमा आएसंगै उत्साहजनक सहभागिता देखिएकाे छ । यहि चैत्र ९ गतेबाट संचालनमा आएसंगै वीरगंज तथा यस आसपासका शहरी एवम् ग्रामिण भेगका स्थानियहरुद्धारा भाटभटेनीको अवलोकन तथा आवश्यक समाग्री खरिदका लागि दिनहु भिड लाग्ने गरेको छ ।

वीरगंजको गण्डक बहुअरीमा संचालनमा आएको यो भाटभटेनीको २४ औं स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गर्ने अभियान अनुरुपनै नेपालकै आर्थिकद्वार मानिएको वीरगंज शहरमा आफ्नो २४ औ स्टोर संचालनमा ल्याईएको भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको भन्दै अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै नभई स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई समेत विशेष प्राथमिकता दिने उनले बताए ।

वीरगंजमा स्टोर संचालनमा आएसंगै वीरगंजबासीले देखाउनुभएको मायाले आफु निकै उत्साही भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ । “यो स्टोर वीरगंज वासीको हो हामी त निमित्त मात्र हौ, हमीले त माध्यम बनेर संचालनमा मात्र ल्याएका होै, यसलाई समग्र वीरगंजको सम्पत्तीको रुपमा ग्रहण गरी उद्घाटनकै दिनबाट बीरगंज वासीले दिनुभएको अपार मायाले हामीलाई अझ धेरै गर्ने हौसला पनि मिलेको छ”.. उनले भने ।

स्टोरले शुभारम्भका अवसरमा सम्पूर्ण समानमा १० प्रतिसत तथा ईलेक्ट्रोनिक्स समानमा २० प्रतिसत सम्म छुट प्रदान गरेको छ । भाटभटेनी स्टोरमा खरिदकर्तालाई शुभारम्भका अवसरमा प्रदान गरिएको बिषेश छुटको ब्यवस्था अर्को सुचना जारी नभए सम्मका लागि यथावत राखिएको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

वीरगंज महानगरपालिका १४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा यो स्टोर निर्माण भएको हो । २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेस रहेको यस स्टोर अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ सहित ७ तल्लाको रहेको छ । स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनीको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:6.454 sec. Memory consumption:82.47 mb