21.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

विरगंजमा भाटभनीको २४ औं स्टोर संचालन, ग्राहकहरुको भिड

वीरगंज । मुलुककै ठूलो चेन सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा पनि संचालनमा आएकाे छ । मुलुकका विभिन्न शहरमा स्टोर निर्माण गरी आक्रामक बजार बिस्तार गर्दै आएको भाटभटेनीको विरगञ्ज शाखा बिहिबार औपचापरिक शुभारम्भ भएकाे हाे ।
 
स्टाेर संचालनमा आएसंगै ग्राहकहरुकाे भिड बढेकाे छ । स्टाेर अवलाेकन गर्न हजाराैंकाे संख्यामा स्थानियहरु पुगेका थिए । 
 
यो स्टोर मधेश प्रदेशमा पहिलो स्टोर हो । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । २ अर्ब ५० करोड बढीको लागतमा स्थापना गरिएको स्टोर सञ्चालनमा आएकाे उनले वताए ।
 
भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दाबी गरे । उनले भने ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।
 
बिरगञ्ज महानगर–१४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण भएको हो । स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले ठूलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।
 
स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौउनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास ब्राण्डेड लुगाहरु लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईको भनाई छ । फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङगर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनि बताउँछन ।
 
हामीले यस स्टोरको संचालनबाट यँहाका स्थानीयहरुले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने विश्वास लिएका छौं ।’–उनले भने ।
 
यस स्टोरमा अन्तराष्ट्रिय स्तरको पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल, बाबु नानीहरु खेल्नका लागि किड्स जोन, लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको पनि जानकारी गराए ।
 
आर्थिक संकटसँग जुध्न भाटभटेनीको आक्रामक शैली 
 
मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने बजार विस्तारलाई थप आक्रामक बनाएका छ । उद्योगी तथा व्यवसायीहरु आर्थिक रुपले थला परिरहेको समयमा भाटभटेनीले नयाँ शैलीमा आफ्नो बजार विस्तारलाई अघि बढाएको हो । मुलुकको आर्थिक संकटलाई टार्नका लागि सबै उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबाहादुर गुरुङले बजार विस्तारलाई नरोकेको उल्लेख गरे । 
 
अन्य उद्योगी व्यवसायीहरु जस्तै आफू पनि आर्थिक संकटको मारमा परेको उल्लेख गर्दै उनले रोजगार सिर्जना र आर्थिक चलायमानलाई कायम राख्नकालागि रोकिन नमिल्ने बताए । “अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ, गुरुङले भने, “यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रोसाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकेका छैनौँ ।
 
कोरोना महामारीको समयमा समेत नरोकिएको भाटभटेनीले त्यसपछि हालसम्म पाँच ठाउँमा नयाँ स्टोर सञ्चालनमा ल्याइसकेको छ । इटहरी, धनगढी, हेटौंडा, काठमाडौंको टोखा, र ललितपुरको सानागाउँ यो बीचमा सञ्चालनमा आएका नयाँ स्टोर हुन । मुलुकमा आर्थिक समस्या परेको बेलामा चुपचाप बस्न नमिल्ने बताउँदै प्रबन्ध निर्देशक गुरुङले आर्थिक क्रियाकलापलाई गति दिएर मात्र यो संकटबाट मुक्ति पाउन सकिने उल्लेख गरे ।
 
‘आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ ।’–उनले भने ‘संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा मलाई खुसी लागेको छ ।’
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:207. Generation time:4.973 sec. Memory consumption:82.25 mb