2 April 2025
KALIKATIMES.COM

यज्ञमा दलितलाई बस्न नदिने घटनाप्रति दलित पत्रकार संघ पर्साको आपत्ती

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

आइतवार राष्ट्रिय दलित पत्रकार संघ पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो ।

संविधानले नै छुवाछुत एवम् भेदभावजन्य गतिविधिलाई अपराध मानेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवान र सचिव सूर्यनारायण वि.क.द्वारा सयुँक्त रुपमा जारी विज्ञप्तमा भनिएको छ ।

महायज्ञका लागि त्याहाँका दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गर्नु र उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न पनि संघले विज्ञप्तीमार्फत माग गरेको छ ।

खुलेयाम रुपमा बरु जेल जान तयार तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीकाय दायरामा नल्याउँदासम्म यस्ता विभेदजन्य घटना भइरहेको संघको ठहर छ ।

महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.191 sec. Memory consumption:82.47 mb