21.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

ठाकुर राम क्याम्पसमा आगजनी, ३ विद्यार्थी नेता पक्राउ

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन् । स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् ।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी लगायतका नेताहरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाइएका हुन्।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २३२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो । विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई समक्ष राजीनामा पत्र बुझाएका छन्। 

आगलागिबाट फर्निचर जलेका छन् । आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेता शिवम साह, सुजित गिरी, मनिष चाैहानलाई नियन्त्रणमा लिएको छ । यस अघि बिहिबार पनि क्याम्पसमा ताेडफाेड भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.723 sec. Memory consumption:82.46 mb