28.6 C
Birgunj
8 March 2025
KALIKATIMES.COM

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

बलिउड अभिनेता अक्षय कुमारले आफूले क्यानडाको नागरिकता त्यागेको बताएका छन् । भारतीय नागरिकता पुनः प्राप्तिका लागि आवेदन दिइसकेको समेत उनले खुलासा गरेका छन् ।

फिल्म ‘सेल्फी’को प्रमोसनका क्रममा दिएको एक अन्तर्वार्तामा अक्षयले आफ्नो नागरिकताको बारेमा कुरा गरेका थिए । आफ्नो लागि भारत नै सबथोक भएको भन्दै उनले राहदानी परिवर्तनका लागि आवेदन गरिसकेको बताएका छन् । साथै, क्यानडेली नागरिकताबारे यथार्थ नबुझिकन मानिसले जेसुकै भन्दा आफूलाई चित्त दुख्ने पनि उनले बताए ।

अक्षयले भने, ‘मैले जे कमाएको छु, जे पाएको छु, यहींबाट पाएको छु र फिर्ता दिने मौका पाएकोमा म भाग्यमानी छु । मलाई नराम्रो लाग्छ जब मान्छेहरु केही नबुझेर बोल्छन् ।’

सन् १९९० को दशकमा अक्षयका १५ भन्दा बढी फिल्म फ्लप भएका थिए । यसबारे कुरा गर्दै उनले फिल्मले बक्स अफिसमा गरेको कमजोर प्रदर्शनले क्यानडाको नागरिकताका लागि आवेदन दिन प्रेरित गरेको बताए । साथीको सल्लाहमा उनी क्यानडा जान चाहन्थे । उनले भने, ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियो र उसले यता आऊ भन्यो । मैले आवेदन दिए र छाडें ।’

अक्षय भन्छन्, ‘मेरो दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए र दुवै सुपरहिट हुनु भाग्यको कुरा हो । मेरो साथीले भन्यो फर्केर जाऊ, काम सुरु गर । मैले केही फिल्म पाएँ र थप काम पाइरहेको छु । मसँग राहदानी छ भनेर मैले बिर्सें । मैले यो राहदानी बदल्नुपर्छ भनेर कहिल्यै सोचेको थिइनँ । तर अब हो, मैले मेरो राहदानी बदल्न आवेदन दिएको छु ।’

अक्षय आफ्नो क्यानेडियन नागरिकताका कारण सधैं विरोधको निशानामा रहन्छन् । उनको क्यानेडियन नागरिकता बहसको विषय भएको छ । अक्षयले तीन वर्षअघि आफ्ना फ्यानलाई भारतीय राहदानीका लागि छिट्टै आवेदन दिने वाचा गरेका थिए ।

अक्षय शुक्रबारदेखि रिलिज भएको फिल्म सेल्फीमा देखिंदैछन् । यसमा उनको साथमा इमरान हासमी र नुसरत भरुचा पनि छन् । यो फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को हिन्दी रिमेक हो । यसपछि अक्षय कुमार टाइगर श्राफको अपोजिट ठूलो ‘मियाँ छोटे मियाँ’ मा देखिनेछन् । यसबाहेक उनीसँग ‘ओ माइ गड २’, ‘फिर हेराफेरी २’ जस्ता फिल्म पनि छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.342 sec. Memory consumption:82.54 mb