ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा शुभ दिपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय शुक्रबार वडा नं – ३ नौकाटोलामा स्तान्तरण गरिएकाे छ । संस्थाले आफ्नो बिभिन्न सेवाको बिस्तार गर्दै हुलाकी सडकमा स्थान्तरण गरेकाे संस्थाका संचालन समितिका फिरोज अंसारीले जानकारी दिए ।

संस्थाका नयाँ कार्यालयको उद्घाटन उपाध्यक्ष रामबली महतो थारु र समाजसेवी इलिआस अंसारीले गरेका थिए । समुदायमा बढ्दै गएका आर्थिक मन्दीका कारण कुनै पनि पेशा व्यवसाय संचालनमा भएको निकै कठिनाईलाई सामाधान गर्ने उद्येश्यले संस्थाले सहयोग गर्ने संचालक अंसारीले बताए ।
समुदायमा अधिकांश नागरिकहरु मुख्य रुपमा कृषिमा आधारित भएका हुँदा कृषकहरुको थोरै थोरै रकम संकलन गरी व्यवसायिक रुपमा कृषि उत्पादन बढाउन संस्थाले ऋण सहयोग गर्ने संस्थाका संचालक अंसारीले बताए । संस्थाले रेमिटान्स, बिभिन्न सवारीका यात्राका टिकेट बुकिंग तथा आधुनिक इन्टरनेट प्राबिधिको प्रयोग गरी मोबाइल बैकिंगको आधारमा इन्टरनेट, बिद्युतिय बील लगायतका सेवा प्रवाह गरिने जनाईएका छन ।
संस्था बिगत छ बर्ष अगाडी दर्ता भई संचालन आए पनि कार्य समितिले काम गरी रहदा संस्थाको घाटामा गएको थियो । संस्थाको नयाँ कार्य समिति गठन गरी पहिलेको बचतकर्ताहरुलाई चार लाख बचत फिर्ता गरिएका संचालक अंसारीले बताए ।