31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन

वीरगंज । भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ शुक्रबारदेखि नेपालका हलहरुमा प्रदर्शनमा आएकाे छ । पहिलो पटक काठमाडौंका हलहरुमा पनि भोजपुरी फिल्म ‘मेण्टल आशिक’ शुक्रबादेखि प्रदर्शनीमा आएकाे हाे ।

चलचित्र निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलको आयोजना गरेर चलचित्र प्रदर्शन हुने जानकारी दिएको थियाे । नेपालको विभिन्न स्थान र भारतको विहार तथा उत्तरप्रदेशमा समेत छायांकन गरिएको चलचित्रमा नायक सावन कुमार र नायिका अश्विनी शाहीको मुख्य भूमिका रहेको छ ।

नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र भारतमा भने २३ तारिक पुष ८ गतेदेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन हुने नायक सावन कुमारले बताए । द्वन्द्व, हास्यव्यंग्य र प्रेम कथा रहेको चलचित्रको नेपालमा भने छवि ओझाको एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

शुक्रबार काठमाडौंको चारवटा हलमा चलचित्र प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोजपुरी भाषाको चलचित्रमा अश्लीलता बढ्दै गएर बदनाम भएपछि यसको परिवर्तनका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरुले विश्वास लिएका छन् ।

१ करोड ६० लाखको लागतमा निर्माण गरिएको चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार नन्दु श्रीवास्तव, टिकटक स्टार प्रिती पासवान र फोटोग्राफर तथा कलाकार मुन्ना सर्राफले पनि भूमिका रहेको चलचित्रका सहनिर्माता अशोक जयसवालले बताए ।

काठमाडौंकी वासिन्दा नायिका अश्विनी शाहीको यो पहिलो डेब्यु चलचित्र हो । कथावस्तु मन परेर आफूले फिल्मा खेल्न सहमत भएको उनले वताइन । भाषामा समस्या भएपनि कथावस्तु मन परेपछि सहज भएको नायिका शाहीको प्रतिक्रिया छ ।

१० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा खेलीसकेकी नायिका शाहीले चलचित्रले सफलता पाउनेमा आशावादी रहेको बताइन । त्यसको लागि दर्शकहरुको साथ र माया भने आवश्यक रहेको बताइन ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:5.678 sec. Memory consumption:82.47 mb