5 April 2025
KALIKATIMES.COM

सुबोध स्मृति पुरस्कार पत्रकार देवकोटालाई दिने निर्णय

वीरगंज । प्रतीक दैनिकले सुबोध स्मृति पुरस्कार वीरगंजका पत्रकार गोविन्द देवकोटालाई दिने निर्णय गरेकाे छ ।

पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा चौध वर्षदेखि फोटो विधामा पत्रकारलाई पुरस्कार दिंदै आएकोमा यस वर्षदेखि फोटोबाहेकका विधाका पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको र देवकोटालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतीक प्रकाशन समूहले जनाएको छ ।

समूहका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो । आगामी भदौ १ गते प्रतीक दैनिकको ३६ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिनेछ ।

यस वर्षदेखि यो पुरस्कारको राशि बढाएर ५१ हजार रुपैयाँ गरिएको छ । रु १० हजारबाट शुरू गरिएको पुरस्कार गत वर्ष ३५ हजार थियो भने यसपटकदेखि ५१ हजार गरिएको हो ।

यसैगरी, समूहको बैठकले वार्षिकोत्सवमा स्तम्भकार विश्वराज अधिकारी, संवाददाता राधेश्याम पटेल, समूहका कर्मचारी मोहन दास तत्वालाई पनि वार्षिकोत्सवको अवसरमा पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स

बिओपी बन्जारीमा प्रहरी निरीक्षक कार्की आएदेखि तस्करहरुमा खैलाबैला

कालिका टाईम्स

सात मधेशी दलहरुद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

कालिका टाईम्स
SQL requests:214. Generation time:6.357 sec. Memory consumption:82.45 mb