31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

मधानी महाेत्सवमा खेसारी लाल र रानी चटर्जीकाे प्रस्तुती

वीरग‌ंज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५, पतौरामा आयाेजित मधानी महाेत्सवमा मंगलबार नेपाल र भारतका प्रसिद्ध कलाकारहरुले प्रस्तुती दिएका छन् ।

पताैरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा आयाेजित महाेत्सवमा नेपाली  महानायक राजेश हमालसहित भोजपुरी सिने सुपरस्टारद्वय खेशारीलाल यादव, रानी चटर्जी लगायत विभिन्न विद्याका चर्चित एवं सुप्रसिद्ध अन्य दर्जनौं कलाकारहरुले प्रस्तुति दिएका थिए ।

ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको प्राचीन शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य एवं दृढसंकल्पका साथ मौलापुर नगरपालिकाले विगत ३ बर्षदेखी महाेत्सव आयाेजना गर्दै आएकाे पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहले वताए ।

महाेत्सवले पुरातात्विक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रबर्द्धन गरी यस धर्तीको मानसम्मान, प्रतिष्ठा, गौरव एवं गरिमामा उल्लेख्य बढोत्तरी हुने विश्वास उनले व्यक्त गरे ।

माैलापुर नगरपालिकाले आयाेजना गरेकाे महाेत्सवमा दर्शकहरुको भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहमे भएको थियो । दर्शकहरु बिच तनाव उत्पन भए पनि स्टेजबाटै भारत बिहारका चर्चित भोजपुरी नायक केसारीलालले शान्ति बनाई राख्न अपिल गरी रहेका थिए । अवस्था उग्र भए पनि उनले यसरी गरे नेपालमै भारतिय कलाकार नआउने भन्दै दर्शकहरुलाई शान्त रहन अनुरोध गरेका थिए ।

कार्यक्रम स्थलमा दर्शकको भिड यती रहेको थियो कि थुपै दर्शकहरु कार्यक्रम स्थलमा पुग्नै सकेन् । भने कतिपयले एलइडी एवं अनलाइनमै कार्यक्रम हेरेर चित बुझाएका थिए ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिए पनि पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता टाेक बहादुर रायमाझीले गरेका थिए । कार्यक्रम माैलापुर नगरपालिकाकी मेयर रिना साहकाे अध्यक्षतामा भएकाे थियाे ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:216. Generation time:4.187 sec. Memory consumption:82.48 mb