आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज अगाडि नै विवादमा घेरिएको छ । फिल्मको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्मले गंगुबाईलाई गलत रुपमा चित्रण गरेको आरोप परिवारले लगाएको छ ।
गंगुबाईको नातिनी भारतीले फिल्म मेकर्सले आफ्नो परिवारसँग अनुमती बिना फिल्म बनाएको आरोप लगाएकी छन् । निर्माण युनिटले फिल्मबाट पैसा कमाउन आफ्नो परिवार बदनाम गरिरहेको उनको भनाई छ ।
गंगुबाईका वकिलले समेत फिल्ममा गंगुबाईलाई जसरी देखाइएको छ त्यसमा सत्यता नरहेको बताए । वकिलले भने ‘एक समाजसेवीलाई सेक्स वर्करको रुपमा देखाइएको छ ।’ फिल्मको कारणले गंगुबाई समाजसेवी नभएर सेक्स वर्कर हो भनेर आफन्तले सोध्न थालेको समेत वकिलको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस