वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका वडा नं. १ मुडलीमा जारी गाउँपालिका स्तरिय टि२० क्रिकेट टुर्नामेन्टकाे शनिबार भएकाे फाइनल खेलमा कालिकामाई क्रिकेट टिम विजयी भएकाे छ । धाेबिनी गाउँपालिका क्रिकेट टिमलाई १२८ रनले हराउँदै कालिकामाई विजयी भएकाे हाे ।
सुरुमा ब्याटीङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ७ विकेटकाे क्षतिमा २३२ रन बनाएकाे थियाे । त्यसपछि २३३ रनकाे लक्ष्य लिएर जवाफी व्याटीङमा उत्रेकाे धाेबिनीले १४.४ ओभर मै पुरै विकेट गुमाएर १०४ रन मै समेटिएपछि कालिकामाई विजयी घाेषित भएकाे थियाे ।
खेलकाे म्यान अफ द म्याच २३ बलमा ७४ रन बनाएका र दुई विकेट लिएका कालिकामाईका निमेश पटेल घाेषित भएका थिए ।
वडा कार्यालयकाे आयाेजनामा भएकाे टुर्नामेन्टकाे विजेता र उप विजेतालाई नेपाली कांग्रेस कालिकामाईका नेता अजय कुमार पटेलले ट्रफी र पुरस्कार राशीकाे चेक हस्तान्तरण गरेका थिए ।
साे अवसरमा वडाध्यक्ष रामशिष यादव, नेपाली कांग्रेसका वडा सभापति निजामुदिन मियाँ, नेता संजय प्रसाद साह, रामविश्वास प्रसाद चाैहान, रजाक मियाँ, जितेन्द्र प्रसाद कुर्मी, लालबाबु प्रसाद चाैरसिया, याेगेन्द्र प्रसाद चाैरसिया, सुरेन्द्र प्रसाद कुशवाहा, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रहरी सहायक निरिक्षक देवेन्द्र गिरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।