Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजका विद्यालयहरुमा बुधबार विदा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले बुधबार एक दिनकाे लागि महानगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिएकाे छ ।महानगरपालिकाले बुधबार आयाेजना गरेकाे आत्मरक्षा तालिम कार्यक्रममा अधिकतम छात्राहरुकाे उपस्थिति गराउनका लागि महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा दिएकाे हाे ।

महानगरपालिकाले एक सूचना जारी गर्दै वीरगंजका १० हजार भन्दा वढि छात्राहरूको उपस्थितिमा छात्राहरूको आत्मबल उच्च बनाउने उद्देश्यका साथ भारतका प्रख्यात मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश सेट्टीद्वारा मिति २०८१ कार्तिक २८ गते बुधवार विहान १०:०० बजेदेखि आत्मरक्षा तालिम प्रशिक्षण कार्यक्रम अधिकतम छात्राहरुकाे उपस्थिति गराउनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा कार्तिक २८ गते १ (एक) दिन पठनपाठन स्थगित गरिएको  जनाएकाे छ ।

साथै उक्त कार्यक्रममा सबै विद्यालयका महिला शिक्षकहरू विद्यालयको पोशाकसहित विहान १०:०० बजेभित्र आदर्शनगर रंगशालामा अनिवार्य रुपमा उपस्थित भईदिनुहुन पनि जानकारी गराएकाे छ । साथै साेही सूचना मार्फत बस उपलब्ध रहेका विद्यालयहरुले आ-आफ्ना छात्रा विद्यार्थीहरूलाई विहान १०:०० बजेभित्र आदर्शनगर रंगशालामा तोकिएको ब्लकमा प्रवेश गराईदिनहुन समेत सम्बन्धित सबै विद्यालयको जानकारीको लागि पनि अनुरोध गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...