वीरगंज । चाेरी गरेर भाग्दै गरेकाे माेटरसाइकलबाट दुर्घटना भएपछि एक जना माेटरसाइकल चाेर पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डबाट मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं.३ बस्ने बर्ष २० को मिलन दोङलाई पक्राउ गरेकाे हाे ।
वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित सडकखण्डमा पार्किङ गरी राखिएकाे चितवनकाे भरतपुर नगरपालिका वडा नं.९ बस्ने कुन्जन उप्रेतीकाे प्रदेश २-०३-०१४ प २५८० नम्बरको कालो रंगको सुपर स्पेलेण्डर मोटरसाइकल चाेरी गरेर भाग्दै गरेकाे अवस्थामा वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ स्थित सडकखण्डमा दुर्घटनाभएपछि माेटरसाइकल चालक दाेङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
बिहिबार सांझ ७ बजे दुर्घटना भएकाे जानकारी प्राप्त हुन साथ घटनास्थल पुगेकाे प्रहरीले पैदल यात्रुलाई ठक्कर दिने सुपर स्पेलेण्डर मोटरसाइकल चालक दोङ र सो मोटरसाइकल नियन्त्रणमा लिएकाे थियाे ।
घटना बारे आफु समेत घाइते भएका माेटरसाइकल चालक दाेङसंग सोधपुछ गर्दा उक्त मो.सा. निज दोङले चोरी भाग्दै गरेको खुल्न आएको हुँदा निज चालक उपर चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यस्तै, मोटरसाइकल चोरी गर्दागर्दै अवस्थामा एक जनालाई बुधबार पनि प्रहरीले पक्राउ गरेकाे थियाे । बिआर २२ बि ०३८७ भारतीय नम्बरको कालो रंगको हिरो होण्डा स्पेलेण्डर प्लस मोटरसाइकल चक्कुले लक भाँची चोरी गरी भाग्दै गरेकाे माेटरसाइकल चोरीमा संलग्न वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने बर्ष २३ को आशिष यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
बुधबार सांज ७:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.८ पानीट्याङकीस्थित सडक छेउमा पार्किङ गरी राखेको भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत परेउवा वडा नं.१ बस्ने सोनु बाबु गुप्ताको माेटरसाइकल चाेरी भएकाे थियाे ।
पिडितले माेटरसाइकल चाेरी भएकाे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भाग्दै गरेकाे उक्त मोटरसाइकलसहित चाेरीमा सलंगन यादवलाई पक्राउ गरेकाे प्रवक्ता खनालले जानकारी दिए ।