2 April 2025
KALIKATIMES.COM

नामको सट्टा निक जोनसकी पत्नी लेखेपछि आक्रोशित प्रियंका

अभिनेत्री प्रियंका चोपडाको क्रेज विश्वभरि नै छ । बलिउडदेखि हलिउडसम्म आफ्नो सुखद् यात्रा गरिरहेकी प्रियंकाले केही वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । त्यसपछि प्रियंका र निक मिडियामा लाइमलाइटमा छन् ।

तर, प्रियंकालाई आफ्नै परिचय हुँदाहुँदै मिडियाले निक जोनसकी पत्नी भनेर सम्बोधन गरेको मन पर्दैन । हालै मात्र एक सञ्चारमाध्यमले उनको नामको साटोमा निक जोनसकी पत्नी भनेर सम्बोधन गर्दै समाचार सार्वजनिक भयो । यो समाचारमा आपत्ति जनाउँदै प्रियंकाले मिडियामाथि आक्रोश व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘निक्कै रमाइलो कुरा के छ भने, म अहिलेसम्म निक्कै नै सफल एक चलचित्रको फ्रेञ्चाइजको प्रमोसनमा व्यस्त छु । तर, अझै पनि मलाई ‘निक जोनसकी श्रीमती’ भन्दै सम्बोधन गरिन्छ । कृपया मलाई भनिदिनुहोस् कि अझै पनि महिलाहरुमाथि नै किन यस्तो हुन्छ ? के मलाई अब आफ्नो बायोग्राफीमा आफ्नो आईएमडीबी लिंक जोड्नु परेको हो ।’

प्रियंकाले आफ्ना पति निकलाई पनि यो पोष्ट ट्याग गरेकी छन् । उनी ‘द म्याट्रिक्स रिसरेक्सम’को प्रमोसनमा व्यस्त छिन् । यो चलचित्र डिसेम्बर २२ बाट हलमा र एचबीओबाट सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:2.481 sec. Memory consumption:82.55 mb