7 April 2025
KALIKATIMES.COM

मेयर सरावगीद्वारा अलाैंमा स्थानिय अगुवाहरुसंग छलफल

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा शुक्रबार मुस्लिम समुदायका अगुवाहरुसंग भेटघाट गरेका छन् ।

मुस्लिम समुदायका अगुवाहरुको निमन्त्रणामा मेयर सरावगीले अलौस्थित जामे मस्जिदमा समुदायकाे अगुवासंग भेटघाट गर्दै विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका हुन् । 

मेयर सरावगीले मुस्लीम अगुवाहरुसँगको छलफलपछि स्थानीय अगुवाहरुसँग पनि छलफल गर्नुकाे साथै वडा नं. १७ मा नगरस्तरीय बजेटबाट निर्माण भईरहेको योजनाहरुको स्थलगत अनुगमन पनि गर्नु भएको उनकाे सचिवालयले जनाएको छ ।

छलफलकाे क्रममा मेयर सरावगीले अलाैंमा इदगाह निर्माणकाे लागि रु १० लाख, कब्रीस्तानको कम्पाउन्ड निर्माणको लागि हरियाली वीरगंज योजनाबाट बजेट छुट्याउने, अधुरो मदर्शा निर्माणकाे लागि समेत बजेटको ब्यबस्थापन गरि निर्माण गर्ने आश्वासन दिए ।

साे क्रममा जिल्ला समन्वय समिति पर्साका सदस्य अमोद यादव, स्थानिय अगुवा बिरेन्द्र यादव, धर्मदेव यादव, अजय साह लगायत स्थानीय नेता कार्यकर्ताको उपस्तिथि रहेकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स
SQL requests:215. Generation time:5.319 sec. Memory consumption:82.46 mb