31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

होटल व्यवसाय संचालन गर्न पाउँनु पर्ने हाेटल व्यवसायीकाे माँग

वीरगंज । पहिलो र दोश्रो लहरको कोरोना महामारीका कारण निरन्तर बन्द रहेका होटल व्यवसाय सुरक्षा मापदण्ड बनाई संचालन पाउँनु पर्ने माँग राख्दै वीरगन्जका होटल तथा पर्यटन व्यवसायी संघले स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

बन्दाबन्दीको कारण सबभन्दा बढी प्रभावित होटल व्यवसायी नै छन । कोरोना संक्रमणको अवस्था अहिले शुन्य अवस्थामा छ । सरकारी तथा गैर सरकारी संस्थाहरु सुरक्षा मापदण्ड अपनाई सन्चालनमा आईसकेको छ । तर अहिले सम्म होटल व्यवसाय बन्द हुदाँ सबभन्दा बढी मार परेको हुनाले होटल संचालनको माँग व्यवसायीले गरेका हुन ।

संघका अध्यक्ष हरी पन्त, महासचिव माधव बस्नेत लगायतले वीरगन्जका होटल एवम् पार्टी प्यालेसहरु संचालन गर्न पाउँनुपर्ने माँग राख्दै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै अन्य सबै क्षेत्र खुली सकेको अवस्थामा होटेल एवम् पार्टी प्यालेसहरु बन्द राख्नुले होटल व्यवसायीहरुमाथि अन्याय भएको संघका अध्यक्ष पन्तले वताए ।

पहिलो चरणको कोरोना भाइरस संक्रमणका कारण बन्द भएका होटेलहरु चलायमान हुन नसकिरहेको अवस्थामा बिना बिकल्पको बन्द मात्रै गर्नुले राज्यलाई र व्यवसायीलाई नोक्सानी मात्रै हुने अध्यक्ष पन्तले भनाई छ ।

असार ३ गतेदेखि बाहय उडान एवम् निजी सवारी सञ्चालन गर्न अनुमती दिएर होटलहरु मात्रै बन्द गर्नुको कुनै औचित्य नभएको उनले बताए । स्वास्थ्य मापदण्डको पालना गर्दै होटल एवम् पार्टी प्यालेसहरु सञ्चालन गर्ने वातावरण बनाईदिन संघले प्रजिअ घिमिरेसमक्ष माँग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ घिमिरेले संघको मागप्रति सकारात्मक भएको बताउँदै मागको सम्बोधन हुने आश्वासन दिए ।

संघका अध्यक्ष पन्त सहित वरिष्ठ उपाध्यक्ष सचिन्द्र थापा, महासचिब माधव बस्नेत, सदस्य शेखर चौधरी, दिलिपराज कार्की, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, सञ्चारकर्मी लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:3.890 sec. Memory consumption:82.44 mb