24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजका युवाहरुद्वारा संचालित हेल्प डेस्ककाे समापन, हेल्पलाईन संचालन

वीरगंज । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला युवा वचन संस्थाले बिरगंज नगरवासीका सहयोगको लागि हेल्प डेस्कको स्थापना गरेको थियो तर हेल्प डेस्कले वीरगंज लगायत अन्य ठाउँका मानिसहरुलाई पनी सहयोग गरेको छ।

महामारीको बेला कोइ भोको पेट ना रहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन्न परिवारलाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगतको समस्यालाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोगको उदेश्यले हेल्प डेस्कको स्थापना गरिएको थियो ।

आइतबार हेल्प डेस्कले २३ औ दिनमा आएर आफ्नो हेल्प डेस्कलाई समापन गरि हेल्प लाईनको नामले संचालन गरेको छ । हेल्प डेस्कले २३ दिनमा वीरगंजमा मात्र नभएर अरु ठाउँ ठाउँमा पुगेर ६५० गरिब परिवारलाई राहत समेत बितरण गरेको थियाे ।

साथै २१ बिपन परिवारलाई निशुल्क औषधी र ४३ परिवारलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएकाे हेल्प डेस्कका ओउम् कुमार झाले वताए । हेल्प डेस्कले २३ दिनमा वीरगंज लगायत अन्य ठाउँहरुबाट नगद ३ लाख , ९०० किलो चामल, १५५ किलो दाल, २०० किलो आलु, ५ कार्टुन तेल, २ बोरा प्याज, १०० प्याकेट आटाको सहयोग प्राप्त गरेको थियाे ।

साथै जगदम्बा स्टीलका संचालक पवन गुप्ताले तिस हजारको औषधी हेल्प डेस्कलाई सहयोग गरेका थिए । हेल्पडेस्कलाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटरका अवधकिशोर चैरसियाले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्कका संयोजक किशन सर्राफको नेतृत्वमा संचालनमा आएकाे हेल्प डेस्कको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

समापन कार्यक्रममा मुकेश अग्रवाल, पवन गुप्ता, राज रुंगटा, परमानन्द कादमिया, दिपक टीब्रेवाल लगायतको उपस्तिथी रहेकाे थियो । हेल्प हेस्कले संचालनमा ल्याएकाे हेल्प लाईन नम्बर ९८५५०८८२७२, ९८०४२६४००१ रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.953 sec. Memory consumption:81.44 mb