22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रोट-याक्ट क्लबद्वारा सुरक्षाकर्मीलाई खाजा वितरण

वीरगंज । रोट-याक्ट क्लब अफ वीरगंज मेट्रोपोलीसले अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा र पानी वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीमा जनताको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई सम्मानस्वरुप खाजा र पानी वितरण गरिएको क्लबले जनाएको छ ।

वीरगञ्जको घण्टाघर, बसपार्क, माइस्थान, गण्डक, पावरहाउस, रामगढवा लगायतका क्षेत्रमा गएर खाजा र पानी वितरण गरिएको क्लबका सह सचिब दिपु वर्णवालले बताए ।

यसअघि निषेधाज्ञाका कारण प्रभावितहरुलाई राहतसमेत वितरण गरीरहेको क्लबले सुरक्षाकर्मीहरुलाई पनि खाजा र पानी वितरण थालेको जोन १३ का जेटआरआर प्रकाश कर्णले बताए ।

उक्त काममा क्लबका कम्युनिटी सर्भिस डाइरेक्टर निश्चल प्रजापती, क्लबका सदस्य रोहित गुप्ता लगायतले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.565 sec. Memory consumption:81.44 mb