22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा विना मास्क घर बाहिर निस्केका ४ सय ४२ जनालाई कारवाही

वीरगंज । पर्सामा स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई दण्डित गर्ने सुरु गरेको छ । साेमबार मात्र वीरगंजमा विना मास्ककाे भेटिएका ४ सय ४२ जनालाई कारवाही गरिएकाे छ ।

वीरगंजमा मेन राेडमा विना मास्क निस्केका ४ सय ४२ जनालाई एक सयकाे दरले जरिवाना गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठकाे नेतृत्वमा वीरगंजकाे घण्टाघरमा खटेकाे प्रहरी टाेलीले विना मास्क निस्केकाहरुलाई कारवाही गरेकाे थियाे । जुन टाेलीमा ट्राफिक प्रहरी र नगर प्रहरीकाे समेत सहभागिता रहेकाे थियाे ।

संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुल नलगाउँनेलाई कारवाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाईबुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चौक, माइस्थान, भानुचौक, रानीघाट लगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको थियाे । 

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ ।

प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.951 sec. Memory consumption:81.44 mb