22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज महानगरका कक्षा ५ सम्मको सबै विद्यालय बन्द हुने

वीरगंज । वीरगंज महानगरपालिकाले कक्षा ५ को सबै विद्यालयहरु बैशाख ६ गते सोमबारदेखि बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार महानगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा बसेको महानगरपालिकाको बैठकले सोमबारदेखि कक्षा ५ सम्मको सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देशव्यापी रुपमा फैलिएको र त्यसको प्रत्यक्ष जोखिममा विद्यालयका बालबालिकाहरुमा पर्ने भएकोले जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै बैशाख ६ गते सोमबारदेखि महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगंज महानगरका प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

बैठकले कक्षा ५ सम्मको विद्यार्थीहरुको कक्षा वृद्धि आन्तरिक मूल्यांकनको आधारमा मिलाउन समेत सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:214. Generation time:4.109 sec. Memory consumption:81.44 mb