19.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

बिन्दवासिनीमा बिधुतकाे तारले आगलगी, गेहुँ बाली जलेर नष्ट

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाहीमा ११ हजार भोल्टको बिधुत लाईनको तार चुहिएर आगलगी हुँदा ३ कठ्ठामा लगाइएको गेहुबाली जलेर नष्ट भएको छ ।

बुधबार बिहान १०:३० बजेको समयमा अचानक बिधुतलाईनको तार चुहिएर आगलगी हुँदा स्थानिय प्रेम चौरसियाको गेहुबालीमा जलेर नष्ठ भएकाे हाे ।

आगो सल्केर लगातार बढीरहेको अवस्थामा स्थानियहरु देखेपछि होहल्ला गर्दा सशस्त्र प्रहरी बेस क्याम्प अमरपटी ईटियाहीका टोली पुगी नियन्त्रणमा लिएको प्रहरी चौकी प्रसौनी भाठ्ठाका ईन्चार्ज सई रामपदार्थ साहले बताए ।

आगो नियन्त्रणमा आउँदा ५० बिगहा भन्दा बढी गेहु बाली जोगिन सफल भएको स्थानिय प्रसौनी भाठ्ठा निवासी वकिल राउत गद्दीले वताए । नेपाल बिधुत प्राधिकरणबाट बितरित लाईनको तारहरु धेरै पुरानो र टुटन सम्म पुगेको तर फेर्न नसकेका कारण प्राय धेरै ठाउँमा चुहेर आगो लाग्ने गरेको स्थानियहरुकाे भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.182 sec. Memory consumption:82.48 mb