22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छात्रालाई विद्यालयमा टिकाउने वातावरणमा सरोकारवालाको जोड

वीरगन्ज । छात्राहरुलाई विद्यालय छाड्नुपर्ने बाध्यता र प्रवृत्ति रोक्न अभिभावकको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । शिक्षा पत्रकार सामाज र आसमान नेपालको संयुक्त आयोजनमा बीरगंजमा सम्पन्न बहिनी शिक्षाकोलागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा प्रदेश नं. २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृत्तिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन ।

उनले समाज र सरकार पनि बालिका शिक्षाका लागि अवरोधकको रुपमा रहेको बताइन । मंत्री यादवले आजको दिनमा छोरीहरुले राम्रो पढेको र उनीहरुमा प्रतिस्पर्धात्मक क्षमता पनि पर्याप्त रहेको बताइन ।

उनले छोरीहरुको प्रतिभालाई फूल्न दिन उचित वतावरण बनाउन अभिभावकलाई अपिल समेत गर्दै परिर्वतन क्रमिक रुपमा हुने भएकोले कतिपय विद्यालयहरुमा छात्राको संख्या छात्र अनुपातमा धेरै रहेको पाउन थालिएको बताइन ।

शिक्षाले वालिकामा सवलीकरण बढेकाे छ : मेयर सरावगी

बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावागीले दिदी बहिनी शिक्षाले वालिकामा सवलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताए । उनले छोरी शिक्षित र सशस्क्त हुदै जादा समाजमा अपराध पनि कम भएको बताए । छोरीमा प्रतिरक्षाको भावनाबढेको र त्यो शिक्षाले सम्भव भएको उनकाे भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेग्म, पाेखरिया नगरपालिकाकी मेयर सलमा खातनु, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.493 sec. Memory consumption:81.46 mb