22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

कपाल बाट्ने प्रतियाेगिता गरि वीरगंजमा महिला दिवश मनाइयाे

वीरगंज । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार: समृद्ध नेपालकाे आधार” नाराकाे साथ वीरगंजमा पनि आइतबार १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएकाे छ ।
 
महिला दिवसकाे अवसरमा वीरगंजकाे घण्टाघर नजिक रहेकाे पार्कमा लैंङ्गिक समानताकाे लागि स्पुन रेस, कपाल बाट्ने र म्युजिकल चेयर प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
 
स्पुन रेस प्रतियोगितामा अनिल सहनी प्रथम, हुकुम सिँह द्वितिय र अमृता सहनी तृतिय भएका थिए । त्यसैगरी, म्युजिकल चेयर प्रतियोगितामा शशिलता गिरी प्रथम, निकिता भट्टराई द्वितिय र कोपिला कुवँरले तृतिय भएका थिए भने कपाल बाट्ने प्रतिोगितामा अरबिन्द सिँह प्रथम, मुकेश गुप्ता द्वितिय र शम्भु साह तृतिय भएका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए ।
 
प्रतियाेगिताकाे उद्घाटन गर्दै मेयर सरावगीलेे शिपमुलक तालिमले महिलाहरु आर्थीक रुपमा सबल भएपछि महिलाहरुमाथि हुने हिँसा स्वतः कम हुँदै जाने वताए । उनले अधिकार प्राप्तीका लागी आफै जागरुप हुनुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा समय व्यतित गर्न अपिल गरे ।
 
कार्यक्रमलाई सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा,  वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायतले सम्बोधन गरेका थिए ।
 
प्रतियोगिताकाे विजेताहरुलाई प्रमाणपत्रसहित पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिति सदस्य जया साहले गरेका थिए ।
 
कार्यक्रम वीरगंज महानगरपालिका, नेपाल ग्रामिण पुननिर्माण संस्था, दिब्य युवा क्लब, युवालय, माइति नेपाल, दलित महिला संघ, पब्लिक एमएम लगायत एक दर्जन भन्दा बढी संस्थाकाे आयाेजनामा भएकाे थियाे । 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:3.552 sec. Memory consumption:81.25 mb