22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

विमितकाे घर मै पुगी मृत्यु दाबीकाे चेक हस्तान्तरण

वीरगंज । सानिमा लाईफ इन्स्याेरेन्स वीरगन्ज शाखाले आज एक विमितकाे मृत्यु दाबी घर मै पुगेर हस्तान्तरण गरेकाे छ ।

वीरगंज महानगरपालिका वडा नं. २८ दर्दवा टोल निवासी शेष राउत कुर्मीको नाबालिक छोरी रोशनी पटेलको मृत्युदाबीकाे चेक उनकाे घर मै पुगी हस्तान्तरण गरिएकाे सानिमा लाईफ इन्स्याेरेन्सकी ग्राहक सेवा कर्मचारी सुस्मिता जयसवालले वताइन ।

विमित राेशनी पटेलकाे मृत्यु दाबी एक लाख ३५ हजार ६ सय बराबरकाे चेक उनकाे बुवा शेष राउत कुर्मीलाई हस्तान्तरण गरिएकाे ग्राहक सेवा कर्मचारी जयसवालले जानकारी दिइन ।

मृत्यु दाबीकाे चेक एक कार्यक्रमकाे बिच सानिमा इन्स्युरेन्सका बजार व्यवस्थापन रुसत्म मियाँ र ग्राहक सेवा कर्मचारी जयसवाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.893 sec. Memory consumption:81.46 mb