22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

दलित सशक्तिकरण ऐन कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न

वीरगंज । प्रदेश २ सरकारले पारित गरेको दलित सशक्तिकरण ऐन कार्यान्वयनका अवस्था, चुनौती र अवसर विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य प्रहलाद गिरीले समाजबाट थर बहिष्कार अभियान चलाउनु पर्ने धारणा राखे । थरकै कारण मानिसहरुमा विभेदीकरणको मनोभाव उत्पन्न हुने भएकाले थर बहिष्कार अभियान सञ्चालन गरी समानताको बाटोतर्फ अग्रसर हुनुपर्ने उनकाे भनाई थियाे ।

दलित सरोकार मञ्च कञ्चनरुप नगरपालिका सप्तरीको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ पर्साको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकारले ऐन पारित गरेको १४ महिना भइसकेपछि बिहिवार बल्ल दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।

ऐन बनेपनि कार्यन्वयन नहुँदा दलित समुदायको उत्थान र उन्नती नभएको र पाउनुपर्ने सेवा तथा सुविधाबाट बञ्चित भएको भन्दै कार्यन्वयन गराउन दबाबस्वरुप प्रदेश २ का आठवटै जिल्लाहरुमा गर्ने कार्यक्रम अन्तर्गत पर्साकाे वीरगंजमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष भोला पासवानले वताए ।

अध्यक्ष पासवानकै सभापतित्वमा भएकाे अन्तरक्रिया कार्यक्रममा उपेक्षित दलित बर्ग विकास समितिका पूर्व निर्देशक अशाेक राउत, कानुन व्यावसायी प्रेमशंकर हजारी, नेपाल दलित संघ पर्साका अध्यक्ष बुनेल राम, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित अगुवा रबीभुषण राम, धिरज पासवान, शम्भु पासवान लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण दलित अगुवा एवम् प्रेस संघठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवानले गरेका थिए भने कार्यक्रममा सहभागी संचारकर्मी विजय भण्डारी, कृष्ण उदास खनाल, मनाेज पटेल, राघव साह, आशिक अन्सारी, रामजी राम लगायतकाले पनि आ आफ्नाे सुझाव सहितकाे भनाई राखेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.332 sec. Memory consumption:81.47 mb