22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज छपकैयास्थित एक प्लाष्टिक गोदाममा आगलागी

palastik godawma aglagi

वीरगंज । वीरगंजकाे छपकैयास्थित रहेकाे एक प्लाष्टिक गोदाममा बुधबार सांझ आगलागी भएको छ । कमरुल हसनले सञ्चालन गरेको अर्सद स्केप प्लाष्टिक उद्योगमा आगलागी भएको थियो । आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भएको छ । 

साँझ ६:३० बजे भएको आगलागी ढेड घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ । आगलगी बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतकाको सहयोगमा नियन्त्रणमा आएकाे थियाे ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । आगलागीको कारण पनि हालसम्म खुल्न नसकेको उनले जनाए ।

प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३५ फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको स्थानियहरुले बताए । आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका त्रसित समेत भएका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.364 sec. Memory consumption:81.45 mb