22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

शिक्षा क्षेत्रको विकासले मात्र देशको भविष्य उज्ज्वल हुन्छ : प्रदिप यादव

pradip ayadav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित श्री नेपाल राष्ट्रीय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुर मुर्लीमा रहेको भवनमा तल्ला थप्ने कार्य सुरु भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सोमबार एक कार्यक्रम बीच शिलन्यास गरेपछि भवन निर्माण कार्य सुरु भएको हो ।

भवन निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ दिएकाे वताइएकाे छ । उनले दिएको रकमबाट विद्यालयमा रहेको भवनमाथि ४ वटा कक्षाकोठा निर्माण गरिने छ ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवले शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास सम्भव भएको बताए ।

उनले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कुनै मतलब नभएको तर्क गरे । ‘हामीले सडक बनायौं, पूल बनायौं, ठूलाठूला भवन बनायौं तर समाजका व्यक्ति अशिक्षित छन् भने त्यो सम्पूर्ण विकासको कुनै फाईदा हुँदैन ।’

सांसद् यादवले श्रीपुर विद्यापीठलाई देशकै नमुना विधालयको रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयको पूर्वाधार विकाससँगसँगै शिक्षाको सतरमा समेत सुधार ल्याउँन उनले शिक्षकहरुसँग आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक टेमानीको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य आत्माराम साह, वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुमन सेढाई, सुरजी देवी माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय गुप्ता, वडा नम्बर ११ का अभिभावक विनोद महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अनिल कुमार बरनवालले गरेका थिए भने सहजिकरण विद्यालयका शिक्षक राम प्रसाद पाण्डेले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.508 sec. Memory consumption:81.47 mb